उपन्यासले आधुनिक नेपाली साहित्यको क्षेत्रमा आफ्नो छुट्टै
परिचय प्राप्त गर्न सफल भएको छ। आज नेपाली साहित्यको क्षेत्रमा कविता विधा पछि
अत्यधिक लोकप्रिय उपन्यास नै रहेको पाइन्छ। नेपाली साहित्यमा उपन्यासको इतिहास
लामो नभए तापनि आज सम्ममा यसको प्रसस्तमात्रमा विकास भएको पाइन्छ। समयको गतिविधि
सँगसँगै उपन्यासको लेखन शैली, परिभाषा परिवर्तन हुँदैजान्छ। उपन्यास एउटा कथा कै
रूप हो, उपन्यासमा जीवनको बहुपक्षीय चित्रण पाइन्छ।
रूपनारायण सिँहद्वारा
स्वच्छन्दवादी उपन्यासको सुरूवात भएको र रूपनारायण सिंहले स्वच्छन्दवादी
उपन्यासलाई लिएर नेपाली उपन्यासलाई उथल पुथल पार्दै नेपाली समाजमा आफ्ना छुट्टै
नाम बनाएका छन्। रूपनारायण सिंहद्वारा लिखित भ्रमर नामक उपन्यासले साहित्यमा
स्वच्छन्दतावादी उपन्यास लेख्ने प्रवृत्तिको थालनी गरियो। रूपनारायण सिंह रूद्रराज
पाण्डे कृत रूपमती उपन्यास पनि लेखेका थिए। तर त्यस उपन्यासमा आधुनिकता नझल्किएको
हुँदा भ्रमर उपन्यासलाई नै नेपाली साहित्यमा पहिलो आधुनिक उपन्यासका रूपमा
समालोचकहरूले मानेका छन्। भ्रमर उपन्यासले नेपाली जगतमा एउटा छुट्टै स्थान बनाएको छ।रूपनारायण सिंहद्वारा लिखित भ्रमर उपन्यास
सँगसँगै रूपमती बिजुली(अपुरा) छन्। कति
समालोचकहरूका भनाई अनुसार रूपमतीबाट आधुनिक उपन्यासको सुरूवात भएको भन्ने पनि तथ्य
छ। तर धेर जसो समालोचकहरूले आफ्नो मत भेद राखेर भ्रमर उपन्यासलाई नेपाली पहिलो
आधुनिक उपन्याल हो भन्ने प्रमाण पनि दिएका छन्। भ्रमर उपन्यासमा वर्तमान समयको
हालचालको, नया आदि कुराहरूलाई देखाएर यो प्रमाण गरेका छन् कि नेपाली साहित्यको
आधुनिक उपन्यास भ्रमर नै हो भनेर।साहित्य जगतमा आधुनिकको अर्थ पुरानो परम्परा,
रितिथिति संस्कृति, पुरानो विचारहरूको खण्डन गर्नु तथा कला र विज्ञान पक्षलाई बडि
महत्त्व दिनु हो। । यस उपन्यामा इन्द्रशेखरका विचारहरूले पुराना परम्परा रितिथिति
संस्कृतिको विद्रोह अथवा खण्डन गरेको देखाएर रूपनारायण सिँहले आधुनिकताको पहिचान
देखाएका छन्।पुर्खाहरूको परम्परालाई पालन नगर्ने छुट्टै आफ्नो विचारधारणामा
बाँच्नु आदर्शको प्रबल थिचाइले परम्परालाई त्याग्नु, संकोचित एवं भेदभाव मूलक
संस्कारको सत्ता प्रगतिको बाटो हिड्नु आदिकुराहरूलाई रूपनारायण सिंहले यस भ्रमर
उपन्यासमा देखाएका हुनाले यस उपन्यासले पहिलो आधुनिक अपन्यासको स्थान ओगट्न पुगेको
छ। रूपनारायण सिंहले साहित्य विशेष उपन्यासमा परिवर्तन ल्याइ समालोचकहरूलाई नवीन
पद्धति अपनाउन बाध्य बनाए। भ्रमरबाट नै उपन्यासको बनावट सटीक ढङ्गमा भयो।अर्को
अर्थामा भन्नु हो भने भ्रमर उपन्यासले औपन्यासिक तत्त्वको राम्रोसँग निर्वाह गरि
साँचो अर्थमा उपन्यास दरिएको छ।यसैले भ्रमरको चर्चा नगरिकन नेपाली साहित्य जगतको इतिहास जहिले पनि अपूर्ण
रहन्छ।रूपनाराणले भ्रमर उपन्यास स्वच्छन्दतावादीधारामा लेखिएको पाइन्छ। बेग्लै
विचार धर्मनिष्ठा, परम्परा आदि विचारहरू देखि स्वतन्त्र भइ जिउने इन्द्रशेखर जस्ता
मूल पात्रमा यसता प्रभाव देखाएर यस भ्रमर उपन्यासमा स्वच्छ्न्दतावादी धारालाई
देखाएका छन्। भ्रमरको नायक इन्द्रशेखर परम्परा, नीति, शिक्षावादी परम्परा, नारी भोग्य
परम्परा, अतिमानवीय घटनावादी परम्पराको विद्रोह गर्दै नयायुगमा जिउने एक स्वच्छन्द
प्रवृत्तिको भएको हुनाले नै उपन्यास स्वच्छन्दवादी सहजै बन्यो। ईश्वरप्रति
भक्तिभाव नभएको समाजका नीति नियम नमान्ने इन्द्रशेखर सौन्दर्य प्रेमी साहित्यकला
प्रेमी र अध्ययनशील उपन्यासकारले देखाएका छन्। भ्रमर उपन्यासका नारी पात्र माया, वीणा र गौरी जस्ता नारीहरूलाई आफ्नो
प्रेमजालमा पारेर उनीहरूका भावनाहरूलाई नजुझे पनि विणाको प्रेममा प्रत्यक्ष
परास्तभइ इन्द्रशेखर परिवर्तनको मार्गतर्फ लाग्न बाध्य बन्छ अनि पलायन भएर बर्माको
रोममा पुगेर जाति प्रेमी र समाज सेवीबन्छ। साँचो प्रेम मानिस कोही सँग गर्छनभने,
तब कुमार्गबाट सुमार्गमा आउन सहजै सकिन्छ भन्ने भ्रमर उपन्यासमा विणाको प्रेममा
परेर इन्द्रशेखर सुमार्गमा फर्केको देखाएको पाइन्छ। भ्रमरको सामान्य अर्थ भ्रमरा
बनेर यस भ्रमर उपन्यासमा अर्थ लगाएका छन्। भ्रमर उपन्यासको नामबाट नै यो चरित्र
प्रधान हो भन्ने बुझिन्छ।
भ्रमरको नायक
इन्द्रशेखर भ्रमर प्रवृत्ति भएको हुनाले नै उपन्यासको नामाकरण नायकको प्रवृत्तिको
आधारमा राखिएको छ।इन्द्रशेखर भ्रमर उपन्यासमा तरूणीहरू फेरीफेरी कामवसना पूर्ण
गर्दै अतृप्त भ्रमराले फूलको रस चुसै जस्तै हिँडेको हुनाले उपन्यासको कथावस्तु
उस्को केन्द्रीयतामा सीमित छ त्यसैले उपन्यासकार रूपनारायण सिँहले उपन्यासको नाम
भ्रमर राखेका छन्। भ्रमर उपन्यासमा सिँहले भाषाशैलीका आधारमा भ्रमर जस्तो उत्कृष्ठ उपन्यास आज सम्म अर्को लेखेका छैनन्
भन्ने तर्क समालोचकहरूको भनाइ छ।भ्रमर उपन्यासमा रूपनारायण सिँहले माधुर्य भाषाशैलीको
प्रयोग गरेको पाइन्छ। उनले लेखेको कुनै पनि कृतिमा सरलता जनसाधारणले बुझ्ने भाषाको
प्रयोग गरिएको पाइन्छ। छोटा छोटा वाक्य क्रिया विना नै सफल वाक्य बङ्ला र
संस्कृतबाट तत्सम शब्दहरूको सफल प्रयोग आदिले उनको भाषाशैली यत्तिसम्म मिठो छ कि
स्वाद लिएर साद्य छैन। आज भ्रमर अपन्यासको महत्त्व भाषाशैलीमा रहेको पाइन्छ। यसको
भाषाका विषयमा समालोचकहरू रूपनारायण सिँहको भाषाशैलीमा धेरै प्रसंसा गर्ने
गर्छन्।नेपाली उपन्यासमा उनको भाषाशैली विशिष्ट व्यक्तित्त्व छ र यस्तो छोटो छरितो
भाषा उपन्यासको विषय उनुकूल पनि छ। साना साना वाक्य प्राय सरल वाक्य मात्र
संस्कृतका शब्दहरूको सुरूचि पूर्ण प्रयोग गरेर आफ्नो कृतिहरूमा रूपनारायण सिँहले
यस्ता भाषाशैलीको प्रयोग गरेको पाइन्छ। भ्रमरमा साधारण बोलचालको भाषा प्रयोग भएको छैन।पात्र पात्रका स्वरअनुरूप
नभएर साहित्यिक कलात्मक वाक्यत्मक र कलात्मक भाषाको प्रयोगले उपन्यास स्वभाविक
नलागे पनि सरल, सहज, र सुवोध भाषाले गर्दा कठिन भन्ने पाठकलाई लाग्दैन। जति पढे
पनि भ्रमर स्वादले तृप्त हुन गाह्रो हुन्छ। त्यसैले उनले आफ्ना भाषाशैलीका
माध्यमबाट पाठकलाई उनको कृति पढौँ पढौँ झैँ बनाउँछन्। भ्रमरको सफलता नै उनको
भाषाशैली हो। उपन्यासले एउटा पुरा समाजलाई देखाउने गरेको हुन्छ र त्यसैले
उपन्यासलाई समाजको दर्पण पनि भनिन्छ।उपन्यासमा समाजमा बसेका मानिसहरूका क्रियाकलाप,
हाउ, भाव, चालचलन सम्पूर्ण समाजका विषयहरूलाई आफ्नो उपन्यासमा वर्णन गर्न सकिन्छ। उपन्यासमा
के कति चित्रण गर्न सकिन्छ त्यो उपन्यासकारको क्षमतामा निर्भर हुन्छ। भ्रमर
उपन्यास बृहत छ। यस उपन्यासले दार्जिलिङ, कलकत्ता, बनारस आसम तथा बर्माको नेपाली
समाजलाई आफ्नो पृष्ट भुमि बनाएको छ। समालोचकको भनाइ अनुसार यो पहिलो उपन्यास हो
जस्ले यत्ति धेरै समाजको चित्रण गरेको पाइन्छ। कुन कुन समाजमा कस्ता कस्ता मान्छे
बस्थे त्यसको वर्णन गरेका छन्।शेखर विना ललित सिँह पर्शुराम मायालाई आलामको
मोटाराई गौरी आदिलाई बर्माको विजय आदिलाई कलकत्ताको मोहनलाई बनारसको प्रतिनिधिका रूपमा
उपन्यासकारले उभ्याएका छन्।
उपन्यासका
कथालाई निरन्तरता दिनका निम्ति चरित्रहरूको निर्माण र प्रयोग गरिन्छ।कनै पनि
उपन्यास सफल तुल्याउनका निम्ति समाज भाषाशैली जति आवश्यक पर्छ त्यति नै महत्त्व
पूर्ण चरित्र चित्रणको पनि ठूलो योगदान रहेको हुन्छ। एउटा उपन्यासलाई सफल
तुल्याउनका निम्ति धेरै चरित्र चित्रणको आवश्यक पर्छ। भ्रमरमा पनि लग भग बीस जना
जति प्रमुख र गौण पात्र छन्। जस्मा इन्द्रशेखर मुख्य नायक र विणा नायिका छनभने
माया र मोहन सहनायिका हुन्। भ्रमर उपन्यासमा खल चरित्र छैन। इगन्द्रशेखर उपन्यासको
मुख्य व्यक्तित्त्व हो।इन्द्रशेखर भ्रमर उपन्यासको मुख्य पात्र रहेको छ।
इन्द्रशेखरलाई सूर्य जस्तो देखाएर प्रस्तुत गरेका छन्।जस्तो सूर्यले सम्पूर्ण
जगतलाई आफ्नो वरिपरि घुमाउँ छन् त्यसरी नै भ्रमर उपन्यासमा रहेका पात्र
पात्रहरूलाई वरिपरि घुमाएका छन्।उसको चरित्र भ्रमर प्रवृत्तिको छ र नै उपन्यासको
नाम भ्रमर हुन गयो। तर अन्तमा गएर उ परिवर्तन भएर एउटा आदर्श पुरूषको रूपमा
देखापर्छ। उ दार्जिलिङ्मा स्थापित ललित
सिँह र मैनादेवीको एउटै छोरो देखाएका छन्। इन्द्रशेखर कलकत्तामा एम.ए पढ्छ
इन्द्रशेखर जवान छ, इन्द्रशेखरको अनुहारमा कहिले तृप्त नहुने बास्ना झल्किन्छ।इन्द्रशेखर
पढ्नमा तेज छ उनमा सरस्वतीको अश्लेष महिमा छ। सबै कुरामा अघि छ गीत गाउन, चित्र
कोर्न, कविता लेख्न कुनै कुरामा पछि छैन। यस्तै गुणले सम्पन्न भएको विद्यार्थीका
रूपमा रूपनारायण सिँहले आफ्नो उपन्यास
भ्रमरमा इन्द्रशेखरलाई देखाएका छन्। इन्द्रशेखर धार्मिक कुरालाई मान्दैन मन परेको
कुरालाई झट्टै ल्याउँ भन्छ। समाजका रीति र
नियमलाई शब्दाडम्बर ठानेर लत्याउँछ। इन्द्रशेखरको विचारहरू आफ्ना बाबुसँग
पटक्कै मिल्दैन। उ एउटा बेग्लै किसिमको मानिस छ।मायासँग प्रेम गर्छ तर
बास्नायुक्त। तर मायाले भन्ने उसलाई विशुद्ध प्रेम गरेर तन मन दुवै दिएकी हुन्छे।
मायाले विवाहको प्रस्ताव राख्छे तर प्रेमलाई भोगको साधना मान्ने इन्द्रशेखर विवाह
नगरि सम्बन्ध जोड्ने प्रस्ताव राख्छ। तर मायाले उस्को प्रस्तावलाई अस्वीकार गरि
स्वभिमानि बन्छे। इन्द्रशेखरको भ्रमर प्रवृत्तिले माया जस्ती अवलालाई वास्स्नाको शिकार
बनाएको छ।मायासँग सम्बन्ध तोडिए पछि शेखरले विणालाई आफ्नै घरमा पाउँछ नवशिकारको
रूपमा। तर विणा भक्ति प्रेम श्रद्धालु भएकी हुँदा शेखरको अहम चुरचुर हुन्छ फेरी
कलकत्ता स्वामी सदानन्दको प्रेम माथिको व्याख्यानले उ परिवर्तन भइ पलायन हुन
पुग्छ।मोहनका आग्रहमा मायासँग क्षमायाचना गर्छ तर मायाले उस्को क्षमालाई अस्वीकार
गर्छे। उ निरास भइ बर्माको प्रोम पुग्छ त्यहाँ गौरीलाई पाउँछ, र एकान्तमा आफ्नो
शेष रहेको भ्रमर प्रवृत्ति पेश गर्छ।औ गौरी कै आशमा उ फर्कन पनि तयार हुन्छ।
प्रेममा पुगेको पश्चतापको आगोले पिल्छेको शेखर समाज शेवि जाति, प्रेम बनि
गोठालाहरूलाई अक्षर ज्ञान दिन्छ। फेरी गौरीको आग्रहमा फर्कदा कल्कत्ता नजिकको
सिलुवा गाँउमा हइजाले सोत्तर परेकाहरूलाई स्यार सुसार गर्छ। त्यस ठाउँमा
मानिसहरूको धेरै स्यार सुसार गर्छ अनि त्यहाँ एउटी अवला नारी बजयाको सतित्त्व
बचाउन लडाइ समेत गर्न खोज्छ। माया , गौरी विणा जातिको सतित्त्व बचाउन प्राणको
आहुतीसम्म दिन तत्पर हुन्छ। ती विजयको उद्धार पछि उसमा वीरताको गुण थपिन्छ। अनि
पूर्ण आदर्स पुरूषका रूपमा पुगेर विणालाई जीवन साथीबनाई अम्भाभाई देशाईले बनाइ
दिएका स्कूलमा कामगर्न थाल्छ।
सुरूको अभिमानि
कामुख भ्रमर शेखर माया विणा गौऱी आदि हुँदै दार्जिलिङ, बनारस, कल्कत्ता पोम आदि
हुँदै विणाको प्रेम र भक्तिबाट नतमस्तक भई आफुलाई तुच्छ ठान्दै पहिले मायासँग माफ
माग्दै कहिले बर्माको गोठालाहरूलाई अक्षर ज्ञान दिँदै कहिले गौरीको आग्रहमा फर्की
आउँदा बटामा हैजा पीढितलाई सेवा गर्दै विजयलाई बचाइ अन्तमा इन्द्रशेखरलाई एक
आदर्शस पुरूषका रूपमा भ्रमर उपन्यासमा देखाएको पाइन्छ।ललितसिँह कै मित्र छोरी विणा
भ्रमर उपन्यसको नायिका थिइ। सानैमा आफ्नो आमा गुमाएकी आमाको माया देखि बञ्चित
रहेकी विणालाई आफ्नो बाबुले आमाबाबु दुवैको माया दिएर हुर्काएका थिए। समय बित्तै
गए पछि विणालाई आमाले साथ छोडेर गए जसरी ललितसिँहलाई आफ्नी छेरी जिम्मा लगाएर
परलोक गएका अनि ललितसिँहको रेखदेखमा फुपुको घरमा बसेर हुर्किन्छे। सुसंस्कृति
परम्परालाई अप्नाउने धर्म निष्ठमा रूचि राख्ने आदि कुराहरूले युक्त छे विणा।
विणाको रूप भर्खर फ्रक्रेको गुलाब जस्तो छ।स्वभावमा स्वभाविक चञ्चलता थियो
अनुहारमा तृप्त जीवनयात्रा त्यसका निम्ति सुमधुर सङ्गीत थियो। विणालाई
उपन्यासकारले बत्तिस लक्षणले युक्त भएकी एक असल युवतीका रूपमा देखाएको पाइन्छ। रूप
र गुण मात्र नभएर गीत र सङ्गीतमा पनि सिपालु थिइ। उस्ले शेखर जस्तो व्यभिचारी
भ्रमरलाई पछुतोको आगोमा जलाएर आदर्श पुरूषका रूपमा प्रस्तुत गरेको पाइन्छ।विणा
एउटी शिक्षित सुसौम्य र आर्दशनारी भएको हुँदा इन्द्रशेखर जस्तो एउटा भ्रमरलाई
सुधारेर उस्को प्रेमको योग्य बनाई छोड्ने एउटा स्री भएपछि कस्तो हुनु पर्ने, साँचो
मन भएकी, भ्रमन उपन्यास विणाको माध्यमबाट उपन्याकारले एउटी सुसंस्कारकी सभ्यनारीका रूपमा उभ्याएका छन्।
निष्कर्ष
भ्रमर उपन्यास एउटा आधुनिक उपन्यास हो। भ्रमर एउटा आधुनिक
उपन्यास भएको कारणले गर्दा यस उपन्यासमा प्रयोग पात्र पात्राहरू पनि आधुनिक
किसिमको नै प्रयोग गरिएको छ।साहित्य जगतमा आधुनिकको अर्थ पुरानो परम्परा, रितिथिति
संस्कृति, पुरानो विचारहरूको खण्डन गर्नु हो। यस उपन्यामा इन्द्रशेखरका विचारहरूले
पुराना परम्परा रितिथिति संस्कृतिको विद्रोह अथवा खण्डन गरेको देखाएर रूपनारायण
सिँहले आधुनिकताको पहिचान दिएका छन्। यस उपन्यामा वर्णित मुख्य पात्र
इन्द्रशेखरलाई उपन्यासको सुरूमा एक भ्रमर जस्तो फूलको रस चुस्ने पात्रको रूपमा वर्णन
गरिएको पाइन्छ। सुरूमा इन्द्रशेखरलाई एक व्यभिचारी पुरूषका रूपमा प्रस्तुत गरे
तापनि अन्तमा एक आदर्श पुरूषका रूपमा उपन्यसकारले देखाएका छन्। उपन्यासमा वर्णित
नारी पात्र विणालाई एक सभ्य नारीको रूपमा उपन्यासकारले देखाएका छन्। कुनै पनि
पुरूष सुरूमा व्यभिचारी भाव भएको भए तापनि त्यस व्यक्तिमा नारीको सुधार्ने अटुट
प्रयासले त्यो व्यक्ति नराम्रो जगाबाट राम्रो जगामा आउन सक्छ भन्ने कुरालाई
उपन्यासकारले यस उपन्यासका माध्यमबाट देखाएका छन्।
Comments
Post a Comment