नाम-
हेमलाल शर्मा
सिक्किममा
प्रचलित शब्द
सिक्किममा प्रचलित शब्द
भाषा मानिषका
निम्ति सञ्चारको एक माध्यम हो। भाषामा सामान्य सञ्चार देखि अन्य पनि धेरै किसिमका
शब्दहरूलाई प्रयोग गरिन्छ। जुन शब्द निस्चित भाषिक समुदाय वा अन्य कुनै भाषाका शब्दलाई
पनि प्रयोग गरिने गरिन्छ। त्यस्तै सिक्किममा पनि धेरै जातीको बसोबास भएको कारणले
गर्दा यस्ता शब्दको प्रयोग अधिक मात्रमा भएको पाइन्छ। यी शब्दहरू कति आफ्नो भाषा
भित्रको हुन्छ भने कति अन्य भाषाबाट पनि टिपिने गरिन्छ। यस्ता शब्दहरू एउटै भाषामा
मात्र सीमित हुँदैन। यस्तो शब्दहरू भाषिक थेगोका रूपमा त्यस परिवेशमा प्रचलित सबै
भाषामा पाइने गरिन्छ। भाषामा प्रयोग हुने यस्प्रकारका कति शब्दहरू धरावाहिक र अन्य
प्रचलित चलचित्रबाट पनि भाषामा अनुकरण गरिएको पाइन्छ। त्यस्तै प्रकारका सिक्किमका
भाषामा प्रचलित शब्दहरू निम्न लिखित यस प्रकार छन्-
१.ट्वाक
अर्थ- झेलिलो मादक
पदार्थ
वाक्यमा
प्रयोग- रामलाल र उसको दुइजना साथी मनिमको दोकान गएर ठ्वाक लगाउँदैछन्।
विश्लेषण-
ठ्वाक शब्दले सामन्य रूपमा चामल भर्ने सानो पात्र भन्ने अर्थ भए तापनि अहिलेको
समयमा यस शब्दलाई मात्ने व्यक्तिहरूले रक्सि पिउने सन्दर्भमा “ट्वाक लगाउन जाउँ
भन्दै” यस शब्दो प्रयोग गरेको
पाइन्छ।
२.गुरू
अर्थ- सहपाठी
वाक्यमा
प्रयोग- अमृतगुरू आज क्लास आउन सकेनन्।
विश्लेषण-
गुरू शब्दको प्रयोग एउटै कक्षामा पढ्ने पुरूष सहपाठीहरूलाई प्रयोग गरिने शब्द हो।
यस शब्दको प्रयोग एक अर्कालाई बोलाउने सन्दर्भमा प्रयोग गरिएको पाइन्छ।
३.मस्त
अर्थ-गाँजा
वाक्यमा
प्रयोग- विनोद तेरो रूममा मस्त तान्न जाउँ।
विश्लेषण-
मस्त भन्नाले गाँजा भन्ने बुझिन्छ। अहिलेको युवाहरूले गाँजालाई गाँजा नभनेर मस्त
भनेर नै बुझ्ने गरेको पाइन्छ।
४.डाम्ना
अर्थ-
अर्काको कुरा लगाउने व्यक्ति।
वाक्यमा
प्रयोग- तल्लो घरको रवि डाम्ना कुरा लगाउन आयो यहाँ।
विश्लेषण-
डाम्ना भन्नाले सामान्यरूपमा केही तातो वस्तु मानिसको शरीरमा राख्नु भन्ने अर्थ
हुन्छ। अहिलेको सन्दर्भमा यस शब्दलाई कुनै अर्काको कुरा लगाउने व्यक्ति प्रति
प्रयोग गरिएको पाइन्छ।
५.झ्याउ
अर्थ-
अल्छिलाग्नु।
वाक्यमा
प्रयोग- मलाई त घरमा बस्न पनि झ्याउ लाग्छ।
विश्लेषण- यस
शब्दको प्रयोग अल्छिलागेको सन्दर्भमा “मलाई झ्याउ लागि रहेकोछ” भनेर प्रयोग गरेको पाइन्छ।
७.ल्याङ
अर्थ- दिक्क
लगाउनु
वाक्यमा
प्रयोग- राजेसले त साह्रै ल्याङ गर्छ।
विश्लेषण-
ल्याङ शब्दको अर्थ दिक्क भन्ने हुन्छ। यो शब्द प्राय जस्तो कुनै व्यक्तिलाई दिक्क
लागाएको सन्दर्भमा उस्ले “मलाई ल्याङ नगर भन्दै” प्रयोग गरेको पाइन्छ।
८.गफदिनु
अर्थ- आफु
मात्रै जान्ने भएर बोल्नु।
वाक्यमा
प्रयोग- रामेले कोरोनाको विषयमा गफ दिएर गयो, हामीले चाहीँ कोरेनाको विषयमा केही
नजाने जस्तो।
विशलेषण-
गफदिनु भनेको कुनै पनि विषयमा एउटै व्यक्ति धेर बोल्नु वा आफ्नो मात्र कुरालाई
सत्य पुष्टि गर्न खोज्नु हो। यो शब्दलाई कुनै पनि व्यक्ति धेर बोल्ने सन्दर्भमा
प्रयोग गरिएको पाइन्छ।
९.भुस्लाङ- काम नलाग्ने
वाक्यमा
प्रयोग- चामे साह्रै भुस्लाङ रहेछ, यत्ति सानो काम पनि गर्न सकेन।
विश्लेषण- यो
शब्दको प्रयोग कुनै व्यक्ति प्रति तोकिएको समयमा काम नगर्ने वा अल्छि गर्ने
सन्दर्भमा प्रयोग गरिएको पाइन्छ।
१०.हट
अर्थ-
प्रेमिका
वाक्यमा
प्रयोग- वीरेले पनि पहिलाको हट छोडेर अहिले त अर्कै बनाएछ।
विश्लेषण- यो
शब्द प्रेमिका बुझाउने सन्दर्भमा प्रयोग गरिएको पाइन्छ । हट शब्दको अर्थ
अंग्रेजीमा कुनै विसाउने घर वा पैसा तिरेर खाजा काने ठाउँ भन्ने हुन्छ। अधिक
मात्रमा प्रेमिका पनि यस्तो ठाउँमा नै भेटिने हुँदा “हट ” शब्द
प्रेमीका बुझाउने सन्दर्भमा प्रयोग गरिएको पाइन्छ।
११.क्याट्सि
अर्थ- घरमा
बनाइने झोलिलो मादक पदार्थ ( जाँड )।
वाक्यमा
प्रयोग- मनबहादुर सुब्बा कान्छाकोमा क्याट्सि लिन गयो।
विश्लेषण-
क्याटिस भन्नाले एक अर्थमा लाबर र काठद्वारा बनाएको हतियार भन्ने बुझिन्छ। आजको
समयमा यस शब्दले त्यो क्याटिस नबुझाएर जाँडको सन्दर्भमा यस शब्दको प्रयोग गरिएको
पाइन्छ। जसरि क्याटिस तन्काएर ढुङ्गाको प्रहार गर्न साह्रो पर्छ, त्यसरी नै कोदो
निचोरेर कोदोको रस निकाल्न साह्रो पर्नको कारणले गर्दा जाँड बुझाउँने सन्दर्भमा
क्याटिस शब्दको प्रयोग गरिएको हो भन्ने भनाइ छ।
१२.स्याप्तु
अर्थ- अधिक
मात्रमा कुट्नु वा गाली गर्नु।
वाक्यमा
प्रयोग- हिँजो सरले दिएको काम नगर्नेहरूको आज क्लासमा स्याप्तु हुन्छ।
विश्लेषण- कुनै पनि व्यक्तिलाई अधिक
मात्रमा गाली गर्नु वा कुट्नुलाई स्याप्तु दिनु भनिन्छ। यस शब्दको प्रयोग कसैलाइ कुट्ने
वा गाली गर्ने सन्दर्भमा “स्यप्तु भेटिस हइ” भन्दै प्रयोग गर्ने गर्दछन्।
१३.बथला
अर्थ- नराम्रो।
वाक्यमा
प्रयोग- Flipkart
मा मगाएको Phone त बथला रहेछ एक्कै छिनमा heat हुने।
विश्लेषण- बथला
शब्दको प्रयोग कुनै पनि वस्तुलाई नराम्रो देखाउने सन्दर्भमा प्रयोग गरिएको पाइन्छ।
१४.माम्स
अर्थ-
समसामयीक युवा
वाक्यमा
प्रयोग- ओ माम्स हल्का चिरिप लागाँ हैन आज?
विश्लेषण- माम्स शब्द नेपाली भाषामा चलाइने मामा शब्दबाट नै
माम्स बनाइएको भन्ने भनाइ छ। माम्स शब्दको प्रयोग अधिक मात्रमा लागु पदार्थ सेवन
गर्ने व्यक्तिहरूले प्रयोग गरेको पाइन्छभने, अर्को पक्षमा समसामयीक युवाहरूलाई
बोलाउने सन्दर्भमा पनि यस शसब्दको प्रयोग गरेको पाइन्छ।
१५.बुडो
अर्थ- प्रमुख
वाक्यमा प्रयोग- आज office गइनभने बुडोले मार्छ।
विश्लेषण- बुडो शब्दको अर्थ कुनै उमेर धेर खाएको व्यक्ति
नभएर कारखाना वा अन्य कुनै कार्यलयको प्रमुख भन्ने अर्थ हुन्छ। यस शब्दको प्रयोग
कारखाना वा कुनै अन्य कार्यलयको प्रमुख बुझाउने सन्दर्भमा प्रयोग गरिएको पाइन्छ।
१६.ल्याप्याक्स
अर्थ- मातेर
आफैलाई समाल्ने क्षमता नहुँनु।
वाक्यमा प्रयोग-
चामे आज मातेर ल्याप्याक्स भइराको छ।
विश्लेषण-
ल्याप्याक्स भन्नाले मातेर आफैले आफैलाइ सम्हाल्ल नसक्नु भन्ने अर्थ हुन्छ। यो
शब्दको प्रयोग कुनै व्यक्ति अत्यधिक मातेको सन्दर्भमा प्रयोग गरिएको पाइन्छ।
१७.गोटी
अर्थ- ड्रग्स
वाक्यमा
प्रयोग- Rangpo
check post मा आज गाडीमा police ले गोटी भेटाएछन्।
विश्लेषण- गोटी शब्दलाई ड्रग्स बुझाउने सन्दर्भमा प्रयोग
गरिएको पाइन्छ।
१८.ट्यापे
अर्थ- ड्रग्स
सेवन गर्ने व्यक्ति
वाक्यमा
प्रयोग- गान्तोकको नामनाङ भीरमा दिउँसै ट्यापेहरूको रग रगति हुन्छ।
विश्लेषण-
ट्यापे शब्दको अर्थ ड्रग्स सेवन गर्ने व्यक्ति भन्ने हुन्छ। यस शब्दको प्रयोग कुनै
पनि व्यक्तिलाई ड्रग्सको आरोप लगाउँने सन्दर्भमा उसको पुरा नामको उच्चारण नगरेर
नामको स्थानमा ट्यापे शब्दको प्रयोग गरेको पाइन्छ।
१९.चिरिप
अर्थ- रक्सि
वाक्यमा
प्रयोग- आज त साह्रै जाडो छ, हल्का चिरिप लगाउँ हैन?
विश्लेषण- अहिलेका मानिसहरूले सिक्किममा रक्सि बुझाउने सन्दर्भमा
चिरिप शब्दको प्रयोग गरिएको पाइन्छ।
Comments
Post a Comment