भ्रमर उपन्यासको समीक्षा उपन्यासले आधुनिक नेपाली साहित्यको क्षेत्रमा आफ्नो छुट्टै परिचय प्राप्त गर्न सफल भएको छ। आज नेपाली साहित्यको क्षेत्रमा कविता विधा पछि अत्यधिक लोकप्रिय उपन्यास नै रहेको पाइन्छ। नेपाली साहित्यमा उपन्यासको इतिहास लामो नभए तापनि आज सम्ममा यसको प्रसस्तमात्रमा विकास भएको पाइन्छ। समयको गतिविधि सँगसँगै उपन्यासको लेखन शैली, परिभाषा परिवर्तन हुँदैजान्छ। उपन्यास एउटा कथा कै रूप हो, उपन्यासमा जीवनको बहुपक्षीय चित्रण पाइन्छ। रूपनारायण सिँहद्वारा स्वच्छन्दवादी उपन्यासको सुरूवात भएको र रूपनारायण सिंहले स्वच्छन्दवादी उपन्यासलाई लिएर नेपाली उपन्यासलाई उथल पुथल पार्दै नेपाली समाजमा आफ्ना छुट्टै नाम बनाएका छन्। रूपनारायण सिंहद्वारा लिखित भ्रमर नामक उपन्यासले साहित्यमा स्वच्छन्दतावादी उपन्यास लेख्ने प्रवृत्तिको थालनी गरियो। रूपनारायण सिंह रूद्रराज पाण्डे कृत रूपमती उपन्यास पनि लेखेका थिए। तर त्यस उपन्यासमा आधुनिकता नझल्किएको हुँदा भ्रमर उपन्यासलाई नै नेपाली साहित्यमा पहिलो आधुनिक उपन्यासका रूपमा समालोचकहरूले मानेका छन्। भ्रमर उपन्यासले नेपाली जगत...
Posts
- Get link
- X
- Other Apps
नाम- हेमलाल शर्मा सिक्किममा प्रचलित शब्द सिक्किममा प्रचलित शब्द भाषा मानिषका निम्ति सञ्चारको एक माध्यम हो। भाषामा सामान्य सञ्चार देखि अन्य पनि धेरै किसिमका शब्दहरूलाई प्रयोग गरिन्छ। जुन शब्द निस्चित भाषिक समुदाय वा अन्य कुनै भाषाका शब्दलाई पनि प्रयोग गरिने गरिन्छ। त्यस्तै सिक्किममा पनि धेरै जातीको बसोबास भएको कारणले गर्दा यस्ता शब्दको प्रयोग अधिक मात्रमा भएको पाइन्छ। यी शब्दहरू कति आफ्नो भाषा भित्रको हुन्छ भने कति अन्य भाषाबाट पनि टिपिने गरिन्छ। यस्ता शब्दहरू एउटै भाषामा मात्र सीमित हुँदैन। यस्तो शब्दहरू भाषिक थेगोका रूपमा त्यस परिवेशमा प्रचलित सबै भाषामा पाइने गरिन्छ। भाषामा प्रयोग हुने यस्प्रकारका कति शब्दहरू धरावाहिक र अन्य प्रचलित चलचित्रबाट पनि भाषामा अनुकरण गरिएको पाइन्छ। त्यस्तै प्रकारका सिक्किमका भाषामा प्रचलित शब्दहरू निम्न लिखित यस प्रकार छन्- १.ट्वाक अर्थ- झेलिलो मादक पदार्थ वाक्यमा प्रयोग- रामलाल र उसको दुइजना साथी मनिमको दोकान गएर ठ्वाक लगाउँदैछन्। विश्लेषण- ठ्वाक शब्दले सामन्य रूपमा चामल भर्ने सानो पात्र भन्ने अर्थ भए तापनि अहिलेको समयमा यस ...
- Get link
- X
- Other Apps
नियाँबरमको लोक साँस्कृतिक अध्ययन १ शोधकार्यको परिचय नियाँबरम क्षेत्रमा क्षेत्री, बाहुन, गुरुङ, सुब्बा, राई र अन्य विभिन्न जनगोष्ठीका मानिसहरू बसोबास गर्दछन्। विभिन्न धर्म अन्तर्गतका बौद्ध धर्म अन्तर्गत गुरुङ, किरात धर्म अन्तर्गत राई र अन्य जनगोष्टीका तथा धर्मावलम्बीहरू पनि बसोबासो गर्दै आइरहेको पाइन्छ। यस क्षेत्रमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरू पनि हिन्दू धर्म सम्प्रदायको प्रणामी सम्प्रदाय अन्तर्गत रहेको पाइन्छ। यस क्षेत्रमा बसोबास नगर्ने तथा आफ्नो जगा जमिन स्थायी रूपमा भएको लेप्चा र भोटियाको पनि पाइन्छ। यस क्षेत्रमा स्थायीरूपमा बसोबासो गर्ने उपर्युक्त सबै जाति अथवा धर्मावलम्बीहरू आफ्नो संस्कार, संस्कृतिमा, भेषभूषामा आफ्नो चाडपर्व आदिमा सजिएका तथा चाड पर्वहरू मनाउँदै आएको पाइन्छ। यसै नियाँबरम क्षेत्रको ऐतिहासिक तथा लोकसंस्कृतिक विषयमा यस लघु शोधप्रबन्ध तयार पारिएको छ। १.१ शोधप्रबन्धको शीर्षक प्रस्तावित लघु शोध प्रबन्ध नियाँबरम क्षेत्रको लोक सांस्कृतिक अध्ययन रहेको छ। १.२ शोधप्रबन्धको प्रयोजन प्रस्तावित लघु शोधप्रबन्ध सिक्किम सरकारी महाविद्य...