Posts

Showing posts from July, 2020
भ्रमर उपन्यासको समीक्षा उपन्यासले आधुनिक नेपाली साहित्यको क्षेत्रमा आफ्नो छुट्टै परिचय प्राप्त गर्न सफल भएको छ। आज नेपाली साहित्यको क्षेत्रमा कविता विधा पछि अत्यधिक लोकप्रिय उपन्यास नै रहेको पाइन्छ। नेपाली साहित्यमा उपन्यासको इतिहास लामो नभए तापनि आज सम्ममा यसको प्रसस्तमात्रमा विकास भएको पाइन्छ। समयको गतिविधि सँगसँगै उपन्यासको लेखन शैली, परिभाषा परिवर्तन हुँदैजान्छ। उपन्यास एउटा कथा कै रूप हो, उपन्यासमा जीवनको बहुपक्षीय चित्रण पाइन्छ।       रूपनारायण सिँहद्वारा स्वच्छन्दवादी उपन्यासको सुरूवात भएको र रूपनारायण सिंहले स्वच्छन्दवादी उपन्यासलाई लिएर नेपाली उपन्यासलाई उथल पुथल पार्दै नेपाली समाजमा आफ्ना छुट्टै नाम बनाएका छन्। रूपनारायण सिंहद्वारा लिखित भ्रमर नामक उपन्यासले साहित्यमा स्वच्छन्दतावादी उपन्यास लेख्ने प्रवृत्तिको थालनी गरियो। रूपनारायण सिंह रूद्रराज पाण्डे कृत रूपमती उपन्यास पनि लेखेका थिए। तर त्यस उपन्यासमा आधुनिकता नझल्किएको हुँदा भ्रमर उपन्यासलाई नै नेपाली साहित्यमा पहिलो आधुनिक उपन्यासका रूपमा समालोचकहरूले मानेका छन्। भ्रमर उपन्यासले नेपाली जगत...